पेन्गुइन मारेको आरोपमा तीन वर्षको जेल सजाय

एजेन्सी, ६ मंसिर । पेन्गुइनका बच्चा मारेको पुष्टि भएपछि अर्जेन्टिनाका एक जना किसानलाई अदालतले तीन वर्षको जेल सजायको फैसला गरेको छ ।

आफ्नो बारीमा बालीनाली खान आएका एक सय वटा भन्दा धेरै म्यागेलानिक प्रजातिका पेन्गुइनका बच्चा मारेको कसुरमा दक्षिणी प्रान्त चुबुटका एक जना किसानलाई तीन वर्षको जेल सजाय सुनाइएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२१ मै उनले चरा मारे पनि यो मुद्दामा लामो बहस भएकाले अहिले बल्ल फैसला आएको हो । उनले पेन्गुइनका दर्जनौँ गुँड पनि नष्ट गरेका थिए । अभियोजनकर्ताहरूले चार वर्षको सजायको माग गरेका थिए ।

यो मुद्दाको उजुरीकर्ता पर्यावरण समूह ग्रीनपीसले किसानलाई दोषी ठहर गर्ने फैसलालाई ‘पर्यावरण न्यायको लागि एउटा महत्त्वपूर्ण कदम’ भनेर स्वागत गरेको छ । किसानले भने आफ्नो बालीनाली जोगाउन अरु कुनै उपायले काम नगरेपछि पेन्गुइन मार्नुको विकल्प नभएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर