मन्त्रालयद्वारा विदेशी सम्बन्धनका कलेजलाई मापदण्ड पूरा गरी माघभित्र प्रतिवेदन बुझाउन निर्देशन 

काठमाडौँ, ५ मंसिर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धनमा चलेका कलेजलाई मापदण्ड पूरा गर्न निर्देशन दिएको छ ।

त्यस्ता कलेजलाई विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०५९ बमोजिम मापदण्ड पूरा गरी माघभित्र प्रतिवेदन बुझाउन मन्त्रालयले पत्राचार गरेको छ । 

पत्रमा संस्थागत क्वालिटी एस्युरेन्स एग्रिडिकेशन (क्युएए) प्राप्त गरे नगरेको विवरण मन्त्रालयलाई उपलब्ध गराउन र नगरेको भए प्रक्रिया थाल्न भनिएको छ । 

साथै, एउटै भवनमा एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरेको भए एक वर्षभित्र अलग गर्न, पूर्णकालीन प्रिन्सिपलको व्यवस्था गर्न र तोकिएको ढाँचामा माघभित्र प्रतिवेदन बुझाउन मन्त्रालयको निर्देशन छ । 

विदेशी विश्वविद्यालयका सम्बन्धनमा नेपालमा हाल ५९ वटा कलेजले सञ्चालन अनुमति लिएको र तिनमा २८ हजार ७३ विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित