मन्त्रालयद्वारा विदेशी सम्बन्धनका कलेजलाई मापदण्ड पूरा गरी माघभित्र प्रतिवेदन बुझाउन निर्देशन 

काठमाडौँ, ५ मंसिर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धनमा चलेका कलेजलाई मापदण्ड पूरा गर्न निर्देशन दिएको छ ।

त्यस्ता कलेजलाई विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०५९ बमोजिम मापदण्ड पूरा गरी माघभित्र प्रतिवेदन बुझाउन मन्त्रालयले पत्राचार गरेको छ । 

पत्रमा संस्थागत क्वालिटी एस्युरेन्स एग्रिडिकेशन (क्युएए) प्राप्त गरे नगरेको विवरण मन्त्रालयलाई उपलब्ध गराउन र नगरेको भए प्रक्रिया थाल्न भनिएको छ । 

साथै, एउटै भवनमा एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरेको भए एक वर्षभित्र अलग गर्न, पूर्णकालीन प्रिन्सिपलको व्यवस्था गर्न र तोकिएको ढाँचामा माघभित्र प्रतिवेदन बुझाउन मन्त्रालयको निर्देशन छ । 

विदेशी विश्वविद्यालयका सम्बन्धनमा नेपालमा हाल ५९ वटा कलेजले सञ्चालन अनुमति लिएको र तिनमा २८ हजार ७३ विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म  ७३४ जनाको शव फेला परेको छ । चितवनमा

काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको

काठमाडौँ, १४ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ