पाकिस्तानमा पुनः आत्मघाती हमलामा १० सैनिकको मृत्यु

इस्लामवाद, ५ मंसिर । पाकिस्तानमा लगातार आतङ्कवादी घटनाहरू भइरहेका छन् ।

पछिल्लो आत्मघाती हमलामा पाकिस्तानी सेनाका १० सैनिकको मृत्यु भएको खबर आएको छ । एक जना आतङ्कवादीले सेनाको चेक पोस्ट नजिकै विस्फोटक पदार्थ राखेको गाडीलाई विस्फोट गराएको भनिएको छ । एक दिन अघि सोही क्षेत्रमा अर्को आतङ्कवादी हमलामा पाकिस्तानी सेनाका आठ सैनिकको मृत्यु भएको थियो ।

सञ्चार माध्यममा छापिएको खबरका अनुसार पाकिस्तानको उत्तर पश्चिमी सीमामा रहेको खैबर पख्तुनख्वा प्रान्तको बन्नुमा रहेको सेनाको चेकपोष्ट नजिकै एक आतङ्कवादीले आफ्नो विस्फोटक पदार्थले भरिएको गाडीलाई विस्फोट गराएका थिए । यस क्रममा १० सैनिकको मृत्यु भएको थियो । 

आत्मघाती हमलापछि अन्य आतङ्ककारीहरूले पनि भने चेक पोस्टमा गोली हानेका थिए । यस क्रममा अरू सात जना घाइते भएका छन् । प्रहरीका अनुसार आत्मघाती विस्फोटबाट माली खेल चौकीमा कयौँ सैनिक सवारी साधनमा ठुलो क्षति पुगेको छ । यस आक्रमणको जिम्मेवारी हाफिज गुल बहादुर सशस्त्र समूहले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७