कर्नाटकसँग नेपाल ५ विकेटले पराजित

काठमाडौँ, ४ मंसिर । कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको चौथो अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ५ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ६ रनको लक्ष्य कर्नाटकको टोलीले ३७ ओभरमा ५ विकेट गुमाएर भेटायो । कर्नाटकका अक्षत प्रभाकरले २४ रन बनाए । नेपालका सन्तोष यादवले ३ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली युवा टोली ३५ ओभर १ बलमा अलआउट भयो । नेपालका मयन यादवले ३४ र रोशन विकले नटआउट ३४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कर्नाटकका अक्षत प्रभाकरले ५ विकेट लिए ।

कर्नाटकको जीतसँगै पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । पहिलो खेलमा कर्नाटक विजयी भएको थियो भने दोस्रो खेल नेपालले जितेको थियो । यस्तै तेस्रो खेलमा नेपाल विजयी भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र

काठमाडौँ, १४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १४ असोज । सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौँ जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ । ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर