विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई आज सम्मान गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गर्नुभएको हो ।

 यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गर्नुभएको थियोे ।

प्रधानमन्त्री ओलीले यस खेलको पर्याप्त सम्भावना रहेकोेले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन हुने विश्वास दिलाउनुभयो । नेपाल शाररीक सुुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

काठमाडौँ, १३ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै