शत प्रतिशत नतिजा निकाल्न मन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह

काठमाडौँ, ३ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ ।

बैठकमा मन्त्रालय अन्तर्गत निकायका चालू आर्थिक बर्ष २०८१/०८२ को  पहिलो त्रैमासिक प्रगति समीक्षा भएको छ ।
छलफलमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले अर्थमन्त्रालय र योजना आयोगका प्रतिनिधि,  प्रधानमन्त्री  र मन्त्रीबिच भएको कार्यसम्झौतालाई प्राथमिकतामा राखी शतप्रतिशत उपलब्धि हासिल गर्ने गरी कार्यक्रम सम्पन्न गर्न सुझाव दिनुभएको छ ।

मन्त्री भट्टराईले प्रभावकारिता र उपलब्धि सेवाग्राहीले प्रत्यक्ष महसुस गर्ने गरेर कार्य सम्पादनमा जुट्न सम्बद्ध कर्मचारीलाई निर्देशन दिदै  कमजोर कार्यान्वयन स्थितिलाई सुधार गर्न  अनुगमन र पृष्ठपोषणमा जोड दिन आग्रह गर्नुभयो ।भट्टराईले नागरिकका मौलिक हक पूरा गर्ने गरी विज्ञान र समाजलाई जोडेर काम गर्नआग्रह गर्दै  सामाजिक रूपान्तरका लागि आफैबाट परिवर्तन शुरूवात गर्नुपर्ने उल्लेख गर्नुभयो । बैठकमा मन्त्री भट्टराईले विद्यार्थीको सिकाइ उपलब्धि उच्चतम बनाउने कार्ययोजना सहित अनिवार्य तथा निःशुल्क शिक्षाको मर्म पूरा गर्न र सबै निकायसँग समन्वय गर्दै सुधार गर्न कठिनाइ भएका  कार्यक्रमबारे बेलैमा छलफल गरी समस्या समाधान गर्न सबैलाई सचेत समेत  गराउनुभएको छ ।
शिक्षा सचिव डा. दिपक काफ्ले र विज्ञान सचिव विश्व वावु पुडासैनीले सचिव र सहसचिवबीच भएको सम्झौतालाई समेत कार्यक्रम कार्यान्वयन‌को उपलब्धि सूचकाङ्कको रुपमा सम्पन्न गर्न छिटोछरितो सेवा प्रवाह र कार्यरत जनशक्तिको सक्रियतामा जोड दिनुभयो ।

प्रगति समीक्षामा समितिको कार्यक्षेत्र, अघिल्लो बैठकको निर्णयको कार्यान्वयन अवस्था, शिक्षामा विनियोजित उपशीर्षकको बजेट कार्यान्वयन अवस्था, निकायगत प्रगति अवस्था र माइलस्टोनको प्रगति माथी छलफल भएको थियो। समीक्षाका क्रममा ८० प्रतिशतभन्दा बढी प्रगति गर्ने ५० देखि ८० प्रतिगत प्रगति गर्ने र ५० प्रतिशतभन्दा कम प्रगति गर्ने निकायको समस्या, चुनौती र भावी योजनाको छुट्‌टाछुट्‌टै समीक्षा भएको जनाइएको छ । बैठकमा शिक्षासम्बन्धी नीतिगत तथा कानुनी सुधार एवम् योजना बारेमा विस्तृत छलफल समेत भएको मन्त्रालय स्रोतले उल्लेख गरेको छ । समितिको अर्को बैठक २०८१ माघ २० गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ