अफगानिस्तानविरुद्ध ११ वर्षपछि नेपालको जित

काठमाडौँ, २ मंसिर । नेपाली राष्ट्रिय फुटबल टिमले १३ महिनापछि अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ ।

नेपाली टिमले शनिबार ताजिकिस्तानमा अफगानिस्तानलाई २–० ले पराजित गरेको हो । अन्तर्राष्ट्रिय फुटबलमा यसअघि नेपालले पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा विश्वकप छनोट पहिलो चरणमा लाओसलाई १–० ले हराएको थियो । त्यसयताका सातमध्ये नेपालले ६ खेलमा हार र एक बराबरी खेलेको थियो ।

शनिबार अफगानिस्तानविरुद्ध नेपाललाई जित दिलाउन जिलेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे । खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा गरेको हो । खेलको ४६औँ मिनेटमा जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रतामा राखेका थिए । ७८औँ मिनेटमा रोहितले नेपालको अग्रता दोब्बर पारे । नेपाली राष्ट्रिय टिमबाट रोहितको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

काठमाडौँ, १३ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै