डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश

सिड्नी, १ मंसिर । दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दालाई सम्भावित डढेलो (बुशफायर)को जेखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ । 

दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अस्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायका निम्ति आपत्कालीन चेतावनी जारी गरेका छन् ।

अधिकारीहरूले चेतावनीमा जोखिम न्यूनीकरणको सुरक्षित विकल्प अन्यत्र जानु भएको उल्लेख गरेका छन् । अवस्था धेरै बिग्रन सक्ने र यहीँ बसेमा आपत्कालीन सेवा समेत प्रवाह गर्न नसक्ने तथा गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएका छन् । 

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी डढेलोको खतरा रहेको पूर्वानुमान गरेको छ ।

मेलबर्नबाट करिब १०० किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन सहर डेरेलमा लागेको डढेलोसँग लड्न २० भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ । अधिकारीहरूले मुलुकभर सतर्कता अपनाउन सुझाव दिएका छन् । भिक्टोरियाका धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानसँगै आइतबार अवस्था सहज हुने अपेक्षा गरिएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७