रुस–युक्रेन युद्ध अन्त्य गरेरै छाड्नेछु : राष्ट्रपति ट्रम्प

वासिङटन डीसी, ३० कार्तिक । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे प्रतिक्रिया दिएका छन् ।

आफ्नो प्रशासनले रुस–युक्रेन युद्ध अन्त्यमा ध्यान दिने उनले बताएका छन् । साथै उनले यस युद्धमा अहिलेसम्म ज्यान गुमाएकाहरूप्रति पनि दुःख व्यक्त गरेका छन् । आफ्नो प्रशासनले पश्चिम एसियामा शान्ति स्थापना गर्न पनि काम गर्ने ट्रम्पले बताएका छन् ।

‘हामी मध्यपूर्व र रुस–युक्रेनको युद्धमा डटेर काम गरिरहेका छौँ । यसलाई रोक्नै पर्छ,’ बिहीबार मार–ए–लागो इस्टेटमा अमेरिका फर्स्ट पोलिसी इन्स्टिच्युटको लागि आयोजित एक कार्यक्रममा ट्रम्पले भने ।

राष्ट्रपति चुनाव जितेपछि उनको यो पहिलो भाषण थियो । ‘रुस–युक्रेन रोकिनै पर्छ । मैले आज एउटा समाचार पढेँ, पछिल्ला तीन दिनमा हजारौँ मानिस मरेका छन् । सैनिक होस् वा आम जनता, हामी तिनीहरूको लागि काम गर्नेछौँ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७