नदीमा बस खस्दा कम्तीमा १६ जनाको मृत्यु

पाकिस्तान, २८ कार्तिक । पहाडी गिलगिट-बाल्टिस्तान क्षेत्रमा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । 

विवाहका लागि जाँदै गरेको बस सिन्धु नदीमा खस्दा २३ जना नदीमा डुबेका छन् । स्थानीय प्रहरीका अनुसार अहिलेसम्म १६ जनाको शव फेला परेको छ । दुर्घटनामा परी घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ । 

दुर्घटनामा परी दुलाहा पनि घाइते भएका छन् । वरिष्ठ प्रहरी अधिकृत अधिक्षक शेर खानका अनुसार बस अस्टोरबाट पञ्जाबको चकवाल जानेक्रममा तेलजी पुल नजिकै नदीमा खसेको थियो । 

घटनाका विषयमा पाकिस्तानका राष्ट्रपति आसिफ अलि जरदारीले दुख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर