ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला स्थगित

एजेन्सी, २८ कार्तिक । न्यूयोर्कको एक अदालतले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला स्थगित गरेको छ ।

बीबीसीका अनुसार कम्तिमा १९ नोभेम्बरसम्म उनीविरुद्धको मुद्दामा फैसला हुने छैन । न्यायाधीश जुआन मर्चनले ट्रम्पका वकिल एवम् म्यानहटनका अभियोजक दुवैको अनुरोधमा ट्रम्पविरुद्धको मुद्दामा तत्काल कुनै पनि सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।

न्युयोर्क अदालतले रकम दुरुपयोग सम्बन्धी मुद्दामा ट्रम्पलाई सजायँ प्रक्रिया अघि बढाउने कि रद्द गर्ने भन्ने निर्णय गर्नुपर्ने छ ।

सन् २०१६ मा एक महिलासँगको शारीरिक सम्पर्कलाई गोप्य राख्ने उद्देश्यले ट्रम्पले ती महिलालाई रकम दिएको र त्यससम्बन्धी कागजात नष्ट गरेको आरोप छ । यो आरोपमा जुरीले ट्रम्पलाई दोषी देखाएको थियो । साथै जुरीले ट्रम्पलाई गत मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरेको थियो  ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर