बालपुस्तक विकास मापदण्ड र पुस्तक नीतिबारे अन्तरक्रिया

काठमाडौँ, २८ कार्तिक । विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा लेखक, प्रकाशक, अनुबादक लगायत सम्बद्ध सरोकारवालाबिच मंगलमार  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  विद्या भट्टराईले २०६४ साल‌देखि अध्ययन गरी तयार पारिएको पुस्तक नीतिको मस्यौदालाई बहुपक्षीय छलफल गरी आबश्यक्ता अनुसार परिमार्जन सहित  स्वीकृत  गरिने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रुम टु रिडको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा बालपुस्तक विकास तथा छनोट सम्बधी मापदण्ड २०८१ माथि पृष्ठपोषण सङ्‌कलन गरिएको थियो ।  कार्यक्रममा राष्ट्रिय पुस्तक नीति २०८१ माथि अन्तरक्रिया समेत गरिएको शिक्षा मन्त्रालय स्रोतले उल्लेख गरेको छ।

अन्तरक्रियामा पुस्तक लेखन र प्रकाशनलाई व्यवस्थित गर्दै सिक्ने सिकाउने कुरालाई संस्कारका रूपमा विकास गर्न विविध सुझाव प्राप्त भएका छन । सम्पुर्ण सुझावलाई समेटेर राष्ट्रिय पुस्तक नीतिलाई अन्तिम रूप दिइने मन्त्रालयले जानकारी दिएको छ।। कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिव, प्राध्यापक, लेखक, प्रकाशक, वितरक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ