प्रधानमन्त्रीद्वारा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित

धरान, २६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा आज ६५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिष्ठानका सन् २०१० देखि २०१७ व्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधी हासिल गरिसकेका विद्यार्थीहरुलाई कुलपति ओलीबाट दीक्षित गरिएको हो ।

भारतका शिक्षाविद प्रा डा ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी हुनुहुन्छ । कार्यक्रममा प्रतिष्ठानले प्रदान गदैं आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको