रुस र युक्रेनद्वारा एकअर्काविरुद्ध घातक ड्रोन आक्रमण

मस्को, २६ कार्तिक । रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन् ।

आइतबार रुसी रक्षा मन्त्रालयले भन्यो, ‘हामीले युक्रेनी ड्रोनहरू छवटा क्षेत्रमा रोकेका छौँ । तीमध्ये केही राजधानी मस्कोतर्फ गइरहेका थिए। जसका कारण मस्कोका तीन प्रमुख विमानस्थलबाट उडानहरू डाइभर्ट गर्नुपरेको थियो ।’

युक्रेनी वायुसेनाका अनुसार रुसले शनिबार राति १ सय ४५ वटा ड्रोन आक्रमणहरू गरेको थियो जसले देशको हरेक भागलाई लक्षित गरेको थियो । तीमध्ये अधिकांशलाई खसालिएका थिए ।

रुस र युक्रेनबिचका यी घातक ड्रोन आक्रमणहरू यस्तो समयमा सुरु भएका छन् जब अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्य गर्न दुवै पक्षलाई दबाब दिन सक्ने अपेक्षा गरिएको छ ।

आइतबारको युक्रेनी  आक्रमण आक्रमण युद्ध सुरु भएयता रुसी राजधानीमा भएको सबैभन्दा ठुलो हमला हो । मस्कोका गभर्नरले पनि आक्रमणलाई ‘ठुलो’ भनेका छन् । अधिकारीहरूले अधिकांश ड्रोनहरू रामेन्सकोये, कोलोम्ना र डोमोडेडोभोमा खसालेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर