पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा विस्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु

एजेन्सी, २४ कार्तिक । पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको क्वेटा शहरको रेलवे स्टेसनमा विस्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

अरु ४६ जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउने र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने खबरमा उल्लेख छ ।

यात्रुहरूले रेल पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको क्वेटाका प्रहरी प्रमुख मुहम्मद बलोचले बताउनुभयो । रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७