गाजा युद्धमा ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका

एजेन्सी, २४ कार्तिक । इजरायलले गाजामा गरिरहेकोआक्रमणमा परेर ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

इजरायलमा गएको वर्ष प्यालेस्टाइनी बिद्रोही समूह हमासले आक्रमण गरेपछि शुरु भएको आक्रमणमा मारिएका मध्ये ४४ प्रतिशत बालबालिका रहेका हुन् ।

१३ महिनाको युद्धमा गाजामा कम्तिमा १६ हजार सात सय ६५ जना बालबालिकाले ज्यान गुमाएका प्यालेस्टाइनीहरुको लागि सहयोग गर्दै आएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । गाजामा अरु २० हजार भन्दा धेरै बालबालिका हराइरहेका छन् । औषतमा दैनिक ६७ जना बालबालिकले ज्यान गुमाइरहेको पाइएको छ ।

यस्तै मारिनेमध्ये महिला र बालबालिकाको सङ्ख्या ७० प्रतिशत रहेको राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर टुर्कले बताउनुभएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गत मानव अधिकार सङ्गठनले गरेको अध्ययनको निष्कर्षमा  इजरायलले महिला र बालबालिकामाथि निरन्तर आक्रमण गरिरहेको र त्यो मानवताविरुद्धको अपराध हुन सक्ने उल्लेख छ ।

इजरायलको आक्रमणमा परी अहिलेसम्म ४३ हजार चार सय ६९ जना प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७