पुटिनसँग वाता गर्न तयार छु : ट्रम्प

वासिङ्टन डीसी, २३ कार्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जितेपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । ‘मलाई लाग्छ हामी वार्ता गर्नेछौँ,’ बिहीबार एनबीसी न्युजलाई ट्रम्पले भने ।

रुसी समाचार एजेन्सी तासका अनुसार, ‘डोनाल्ड ट्रम्पले आफ्नो कुराकानीमा पुटिनसँग अहिलेसम्म वार्ता नगरेको बताएका छन्, तर उनले यो सम्भावनालाई अस्वीकार पनि गरेका छैनन् ।’

तासमा छापिएको समाचारका अनुसार ट्रम्पले अहिलेसम्म भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुलगायत विश्वभरका ७० नेताहरूसँग कुरा गरिसकेको बताएका छन् । आफू र बाइडेनले चाँडै नै सँगै डिनर गर्ने सहमति भएको पनि ट्रम्पले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर