टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौँ, २२ कार्तिक । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ ।

यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् ।

नेपालले पर्सि शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्यान्डसँग,कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोली अर्काे वर्ष मलेसियामा हुने महिला विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । रौतहटमा एक जना मृत फेला परेका छन् । क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी

काठमाडौँ, १७ भदौ । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर

काठमाडौँ, १७ भदौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका

काठमाडौँ, १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक