क्रिकेट टीम ‘कर्णाली याक्स’को प्रवर्धन दूतमा स्वस्तिमा खड्का नियुक्त

काठमाडौँ, २२ कार्तिक । अभिनेत्री स्वस्तिमा खड्का क्रिकेट टीम कर्णाली याक्सकी प्रवर्धन दूत घोषित भएकी छन् ।

आयोजित समारोहमा खड्कालाई ‘फेस अफ द कर्णाली याक्स’को रुपमा नियुक्त गरिएको छ । यो टीमले नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दैछ ।

८ टोलीले भाग लिने लिग मंसिर १६ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । हिल्टन होटलमा बुधबार आयोजित समारोहमा कर्णाली याक्सले स्वस्तिमालाई दूतको रुपमा चिनाएको हो ।

यसबारे सामाजिक संजालबाट समेत स्वस्तिमाले जानकारी दिएकी छन् ।

उनी लेख्छिन्, ‘ म जानीनजानी खेलसँग त्यसैगरी जोडिएकी छु, जसरी कर्णालीसँग वर्षौंदेखि जोडिएकी छु । मेरो जीवनका असाध्यै निकट सम्बन्धहरू कर्णालीले जन्माएको छ । कलाकारको आँखाबाट हेर्दा पनि कर्णालीको संस्कृति, भाषा, रीतिरिवाजले मलाई सधैं आकर्षित गर्छन् । त्यहाँका पात्रहरूमा अक्सर म आफूलाई पाइरहन्छु । राजनीतिक रूपमा ’हेपिएको’ र ’पिछडिएको’ विम्ब बोकेर कर्णालीले सधैं आफूलाई लघुताभाषमा लुकाइरह्यो । तर, अहिले कर्णाली मुलुकको मानचित्रमा आफ्नै पौरख बोकेर ठिंग उभिएको छ । जसरी नेपाली टोली अस्ति अमेरिकाको मैदानमा उभिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा

काठमाडौँ, १३ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै