भारतीय प्रधानमन्त्री मोदीद्वारा ट्रम्पलाई बधाई

नयाँ दिल्ली, २१ कार्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयोन्मुख रहँदै भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन् । सामाजिक सञ्जाल ‘एक्स’ (यसअघि ट्वीटर भन्ने गरिन्थ्यो) मा मोदीले लेखेका छन्, ‘ऐतिहासिक जितका लागि मेरा मित्र डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई ।’

मोदीले ट्रम्पको अघिल्लो कार्यकालमा जस्तै भारत–अमेरिका व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन आपसी सहयोग अभिवृघि गर्न आफू उत्सुक रहेको बताएका छन् ।उनले लेखेका छन्, ‘आउनुहोस्, मिलेर आफ्ना नागरिकको कल्याण, वैश्विक शान्ति, स्थिरता र समृद्धिका लागि काम गरौँ ।’

डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै चुनावमा आफूले जित हासिल गरेको जनाएका छन् । तर उनको जितबारे आधिकारिक घोषणा भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर