अमेरिकामा राष्ट्रपति पदका लागि भइरहेको मतदान अन्तिम चरणमा

एजेन्सी, २१ कार्तिक । अमेरिकी राष्ट्रपतिको चुनावमा भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ । इन्डियाना,  साउथ क्यारोलिना, भर्मन्ट, भर्जिनिया र जर्जिया लगायतका मुख्य राज्यमा मतदान बन्द भइसकेको बीबीसीले जनाएको छ ।

अमेरिकामा राष्ट्रपति पदका लागि भर्मन्ट राज्यबाट शुरू भएको मतदान शान्तिपूर्ण रूपमा चलिरहेको छ । चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा भइरहेको छ ।

अमेरिकामा २३ करोड १० लाख व्यक्ति मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेको तथ्याङ्क छ । चुनावको मुख्य दिनअघि नै आठ करोड १३ लाखभन्दा धेरै मतदाताले अग्रिम मत खसालिसकेका छन् । धेरैजसो राज्यमा चुनावको दिनअघि नै मतदाताहरूलाई अग्रिम मत दिने सुविधा दिइएको हुन्छ ।

सन् २०२० मा १० करोड १० लाख अग्रिम मतदान भएको थियो । अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलमा आधारित छ । पाँच सय ३८ इलेक्टोरल कलेजमध्ये दुई सय ७० मत ल्याउनेले जीत हासिल गर्न सक्नेछन् ।

सर्वेक्षणहरूले ट्रम्पभन्दा ह्यारिस केही अघि रहेको देखाएको छ । तर यो चुनाव इतिहासकै कडा प्रतिस्पर्धा रहेको बीबीसीले आफ्नो लेखमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर