काठमाडौँ महानगरभित्र सञ्चालनमा रहेका छात्रावासलाई सूचीकृत हुन आह्वान

काठमाडौँ, १९ कार्तिक । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित छात्रावास (होस्टल)लाई सूचीकृत हुन आह्वान गरेको छ ।

महानगरपालिका शिक्षा विभागले एक सूचना जारी गर्दै तत्कालीन जिल्ला शिक्षा कार्यालय समेतबाट छात्रावास सञ्चालन अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन गरिरहेका संस्थाहरूलाई निर्धारित समयमा आवश्यक कागजात पेस गर्न भनेको हो । महानगरपालिले ३० दिनभित्र अभिलेखीकरण हुन, शिक्षा विभागमा कागजात पेस गर्न भनेको छ ।

महानगरले गठन गरेको अनुगमन समितिले स्थलगत अध्ययन तथा अवलोकन र सुपरिवेक्षण गरी मापदण्ड पुरा भएको वा हुने अवस्था देखिएमा छात्रावास सञ्चालन अनुमति दिनेछ । प्रचलित कानुन बमोजिम अनुमति नलिई सञ्चालन भएको पाइएमा कानुन अनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ