काठमाडौँ महानगरभित्र सञ्चालनमा रहेका छात्रावासलाई सूचीकृत हुन आह्वान

काठमाडौँ, १९ कार्तिक । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित छात्रावास (होस्टल)लाई सूचीकृत हुन आह्वान गरेको छ ।

महानगरपालिका शिक्षा विभागले एक सूचना जारी गर्दै तत्कालीन जिल्ला शिक्षा कार्यालय समेतबाट छात्रावास सञ्चालन अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन गरिरहेका संस्थाहरूलाई निर्धारित समयमा आवश्यक कागजात पेस गर्न भनेको हो । महानगरपालिले ३० दिनभित्र अभिलेखीकरण हुन, शिक्षा विभागमा कागजात पेस गर्न भनेको छ ।

महानगरले गठन गरेको अनुगमन समितिले स्थलगत अध्ययन तथा अवलोकन र सुपरिवेक्षण गरी मापदण्ड पुरा भएको वा हुने अवस्था देखिएमा छात्रावास सञ्चालन अनुमति दिनेछ । प्रचलित कानुन बमोजिम अनुमति नलिई सञ्चालन भएको पाइएमा कानुन अनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित