पाकिस्तानमा लकडाउन

इस्लामावाद, १९ कार्तिक । पाकिस्तानको लाहोर शहरमा लकडाउन गरिएको छ ।

अति नै खतरनाकस्तरमा उक्लिएको वायु प्रदूषणको स्तर नियनत्तण गर्न नगरका अधिकारीहरू केही उपायहरू चालिरहेका छन् । नोभेम्बर ४ देखि कम्तिमा एक हप्तासम्मका लागि विद्यालय बन्द गरिएको छ ।

कार्यालयमै आएर काम गर्ने ५० प्रतिशत कर्मचारीहरूले घरबाट काम गर्नेछन् । सप्ताहन्तमा शहरको वायु गुणस्तर सूचक (एक्यूआई) हजारमाथि उक्लिएको पुगेको छ । विश्व स्वास्थ्य संगठनले सुरक्षित भनेर तोकेको स्तरको भन्दा झन्डै ४० गुणा धेरै हो ।

योसँगै लगातार दोस्रो पटक पनि लाहोर विश्वको सबैभनदा बढी प्रदूषित शहरको शीर्ष स्थानमा रहेको छ । प्रदूषणका कारण पञ्जाब सरकारले विद्यालयमा मास्क अनिवार्य बनाएको छ । धुँवा बालबालिकाका लागि निकै घातक भएको पञ्जाबकी वरिष्ठ मन्त्री मरियम औरङजेबले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर