शिक्षा मन्त्रालयद्वारा तीन महिनामा ९ प्रतिशत मात्र बजेट खर्च

काठमाडौँ, १९ कार्तिक । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै बजेट विनियोजन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खर्च भने न्यून गरेको पाइएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिकमा मन्त्रालयले कुल बजेटबाट ९.१६ प्रतिशत मात्र खर्च गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको पहिलो त्रैमासिकको प्रतिवेदनमा चालुतर्फ उक्त मात्रामा बजेट खर्च भएको उल्लेख छ । मन्त्रालयले पहिलो त्रैमासिकका निम्ति विनियोजन गरेको चालु खर्चबाट २९.७१ प्रतिशत खर्च गरेको हो । पुँजीगततर्फ भने खर्च शून्य छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई चालु आर्थिक वर्षमा दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित