काठमाडौँ, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको महान् पर्व भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा हरेका सम्पूर्ण आमाबुबा, दाजुभाई, दिदीहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
आज तिहारको अन्तिम दिन भाइटीका मनाइरहेका छन् । सोही अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालको माध्यमबाट सम्पूर्णलाई शुभकामना व्यक्त गरेका हुन् ।
उनले दिएको सामाजिक सञ्जालमा भनेका छन्, ‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी दाजुभाइ बीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान पर्व भाइटीका । समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस् । सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना ! सबैलाई भाइटीकाको शुभकामना !!’