आउँदो दसैँ/तिहारमा ‘१२ गाउँ’को सिक्वेल रिलिज हुने 

काठमाडौँ, १७ कार्तिक । बिराज भट्टले आगामी दसैँ/तिहारसम्म नयाँ चलचित्र रिलिज गर्ने भएका छन् ।

‘१२ गाउँ’को सिक्वेल निर्माण गर्ने उनले बताएका हुन् ।  दर्शकसँग खुसी सेलिब्रेसन गर्न हल पुगेका बिराजले सञ्चारकर्मीसँग बिराज भट्ट प्रोडक्सनबाट आउँदो दसैँ/तिहारसम्म नयाँ चलचित्र रिलिज हुने बताएका हुन् । 

उनले भने, “अब पहिलाजस्तो ढिलो हुँदैन । हामी चाँडै सिनेमा लिएर आउँछौँ । अहिले पनि हामीले केही काम त सुरु गरिसकेका छौँ,” “बलिदानको काम सीमरले सकेपछि हाम्रो चलचित्रको काम थप अगाडि बढाउने छौँ ।”

समीर भट्ट अहिले ‘बलिदान’को छायांकनमा छन् । समीर सन्तोष सेनले निर्देशन गरिरहेको चलचित्रको छायांकनमा छन् । समीर ‘बलिदान’को हिरो हुन् । ‘१२ गाउँ’बाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । 

सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । केही सातायता अभिनेता पल शाह विवाहको खबरले चर्चामा छन् । टिकटकदेखि रिल्ससम्म उनको विवाहको खबर छ्याप्छ्याप्ती

काठमाडौँ, २१ मंसिर । अमेरिकी गायिका टेलर स्वीफ्ट लगातार दोस्रो वर्ष स्पोटीफाइमा सबैभन्दा धेरै सुनिने संगीतकर्मी बनेकी छन् । स्पोटीफाइले

काठमाडौँ, २० मंसिर । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ माघ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको

काठमाडौँ, २० मंसिर । चलचित्र ‘पुष्पा–२ : द रुल’ आजबाट रिलिज भएको छ । वर्षकै प्रतिक्षित चलचित्र आजबाट रिलिज भएको हो