बाबुराम भट्टराईले हेरे ‘पूर्णबहादुरको सारंगी’

काठमाडौँ, १७ कार्तिक । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रदर्शनरत ‘पूर्णबहादुरको सारंगी’लाई अभिनेता विजय बरालको अहिलेसम्मकै उत्कृष्ट अभिनय भएको फिल्मको रुपमा आफूले बुझेको बताएका छन् ।

प्रायः फिल्म हेर्न हलमा पुगिरहने नेता भट्टराई सरोज पौडेल निर्देशित फिल्म हेर्न शुक्रबार दिउँसो राजधानीको एक हलमा पुगेका थिए जहाँ उनले फिल्मले आफूलाई प्रभावित तुल्याएको बताए ।

फिल्म हेरिसकेपछि नेता भट्टराई सामाजिक संजालमा लेख्छन्, ‘ऐतिहासिक रूपले नेपाली समाजमा गीतसंगीत क्षेत्रका अगुवा तर उल्टै सबभन्दा उत्पीडित र अपहेलित गन्धर्व (गाइने) परिवारको मार्मिक संघर्षको कथामा आधारित यो फिल्म सबै सहृदयी मनहरूले हेर्नैपर्छ । पटकथा, छायांकन, संगीत, अभिनय प्रशंशायोग्य छन् । मैले बुझेसम्म मुख्य भूमिकामा रहेका विजय बरालको यो अहिलेसम्मकै उत्कृष्ट अभिनय हो ।’

फिल्म वस्तुपरक, मार्मिक र कारुणिक भएको भट्टराईको भनाइ छ । संविधानले दलित मुक्तिको व्यवस्था गरेपनि अहिलेपनि यो कार्यान्वयन हुन नसकेको बताउँदै भट्टराईले दलित मुद्दालाई फिल्मले उचित ढंगले प्रस्तुत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव

काठमाडौँ, २२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज

विराटनगर, २२ मंसिर । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपाललाई काहीँ कसैको ऋणको पासोमा पार्न काङ्ग्रेसले नदिने बताएका छन् ।

काठमाडौँ, २२ मंसिर । नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजबिच एकता