चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको छ : गृहमन्त्री लेखक

काठमाडौँ, १७ कार्तिक । गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको बताएका छन् ।

‘पर्वत चन्द्रागिरि समाज’द्वारा दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको उल्लेख गरे । एउटा परिस्कृत समाज निर्माणका लागि चाडपर्व जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले चाडपर्वको अवसरमा जमघट र भेलामा उपस्थित हुने कुराको आफैंमा ठूलो महत्व रहेको बताए ।

‘कामका कारण मानिस टाढा टाढा हुनुपर्छ, चाडपर्व नमनाए परिवारमा दूरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाडपर्वले मानिसलाई नजिक ल्याउँछ । यसको समाजिकसँगै मानवीय पनि महत्व छ,’ उनले भने, ‘हाम्रा ऋषिमुनीहरुले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरुको निर्माण गर्नुभएको हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । केही सातायता अभिनेता पल शाह विवाहको खबरले चर्चामा छन् । टिकटकदेखि रिल्ससम्म उनको विवाहको खबर छ्याप्छ्याप्ती

काठमाडौँ, २१ मंसिर । अमेरिकी गायिका टेलर स्वीफ्ट लगातार दोस्रो वर्ष स्पोटीफाइमा सबैभन्दा धेरै सुनिने संगीतकर्मी बनेकी छन् । स्पोटीफाइले

काठमाडौँ, २० मंसिर । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ माघ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको

काठमाडौँ, २० मंसिर । चलचित्र ‘पुष्पा–२ : द रुल’ आजबाट रिलिज भएको छ । वर्षकै प्रतिक्षित चलचित्र आजबाट रिलिज भएको हो