कम्युनिस्ट आन्दोलनको बाधक ‘भ्रष्टीकरण र स्वार्थी’ प्रवृत्ति : अध्यक्ष नेपाल

काठमाडौँ, १७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताएका छन् । 

पार्टी निकट जनसांस्कृतिक महासङ्घद्वारा शुक्रबार आयोजित सांस्कृतिक कार्यक्रममा उनले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताए । अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिस्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ । यो नै  प्रमुख समस्या हो ।”

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको बताउँदै सच्चा कम्युनिस्ट एकताबद्ध भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले मुलुकमा दण्डहिनता र असल नेतृत्वको अभावमा जनतामा आएको नैराश्यताको अन्त्य गर्न कम्युनिस्ट पार्टीले विगतका गरेका कमीकमजोरी स्विकारेर एकीकृत हुनुपर्ने विचार व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । केही सातायता अभिनेता पल शाह विवाहको खबरले चर्चामा छन् । टिकटकदेखि रिल्ससम्म उनको विवाहको खबर छ्याप्छ्याप्ती

काठमाडौँ, २१ मंसिर । अमेरिकी गायिका टेलर स्वीफ्ट लगातार दोस्रो वर्ष स्पोटीफाइमा सबैभन्दा धेरै सुनिने संगीतकर्मी बनेकी छन् । स्पोटीफाइले

काठमाडौँ, २० मंसिर । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ माघ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको

काठमाडौँ, २० मंसिर । चलचित्र ‘पुष्पा–२ : द रुल’ आजबाट रिलिज भएको छ । वर्षकै प्रतिक्षित चलचित्र आजबाट रिलिज भएको हो