काठमाडौँ, १६ कार्तिक । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्ति प्रक्रियामा आएदेखि नै कला क्षेत्र र खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
राष्ट्रिय लोक संचारकर्मी नेपालले आफ्नो निवास खुमलटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै उनले कला क्षेत्रको जगेर्ना नगरिकन राष्ट्र हितको जर्गेर्ना हुन नसक्ने बताए ।
गायक, कलाकार र राजनीतिज्ञ सबैको ध्येय नेपालको राष्ट्रिय अक्षुण्णतालाई बलियो बनाउने, राष्ट्रियतालाई सुद्धुढ गर्ने र नेपाली जनताको उज्वल भविष्यको लागि काम गर्नु रहेको प्रचण्डले बताए ।
प्रचण्डले उक्त अवसरमा कलाकार र संचारकर्मीसँग छमछमी नाचे । उक्त अवसरमा राधिका हमाल, मञ्जु गौतमले पनि प्रचण्डसँगै नाचे ।