प्रकाशमान सिंहको प्रश्न – फेसबुकमा कसैले लेख्दियो भन्दैमा त्यसैको पछि कुद्ने ?

काठमाडौँ, १६ कार्तिक । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधिको शासनका लागि ज्यान दिने र दुःख गर्नेहरूलाई नै प्रश्न गर्ने गरिएकोमा आक्रोश पोखेका छन् ।

आज काठमाडौँ–१ को आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत घट्टेकुलोमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिमा पछिल्लो समय विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने दुष्प्रयास भइरहेको उल्लेख गरे । 

उनले भने‚ ‘विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने प्रवृत्ति देशलाई कहाँ पुर्‍याउँछ ?  त्यसले राष्ट्रियता कहाँ पुग्छ ?  ख्याल गर्नुपर्छ‚’ ‘फेसबुकमा कसैले लेख्दियो त्यसैको पछि कुद्ने ? लेख्ने र हेर्ने अधिकार सबैलाई  छ । तर, सही गलत  छुट्याउने जिम्मेवारी त तपाईँ हाम्रो हो नि ।’

आफूले काठमाडौँ १ बाट ४ पटक निर्वाचित हुँदा कुनै गलत नगरेकै कारण मतदाताले इमानदार भएकैले पटक पटक जिताएको उनले दाबी गरे । आफू राजनीतिमा लाग्दा दलहरू प्रतिबन्धित अवस्थामा रहेको स्मरण गर्दै जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राजनीतिमा होमिएको उनको भनाई थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, २२ मंसिर । मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको

काठमाडौँ, २२ मंसिर । कपिलबस्तुमा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, २२ मंसिर । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९

काठमाडौँ, २२ मंसिर । चितवनमा शुक्रबार राति सवा ११ बजे गाडीको ठक्करबाट एक जनाको मृत्य भएको छ । प्रहरीका अनुसार