पाकिस्तानमा बम विष्फोट, सात जनाको मृत्यु

मास्टुङ, १६ कार्तिक । पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बलोचिस्तान प्रान्तको मस्टुङ शहरमा राष्ट्रव्यापी खोप अभियानमा सहभागी स्वास्थ्यकर्मीको सुरक्षाका लागि भ्यानमा यात्रा गरिरहेका अधिकारीहरूलाई लक्षित गरी बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

शहरका वरिष्ठ अधिकारी अब्दुल फतहले एएफपीसँग कुरा गर्दै भने, “एक प्रहरी अधिकारी, पाँच बालबालिका र एक पसले गरी सात जनाको मृत्यु भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, २२ मंसिर । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपाललाई काहीँ कसैको ऋणको पासोमा पार्न काङ्ग्रेसले नदिने बताएका छन् ।

चितवन, २२ मंसिर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन  गर्नुपर्नेमा जोड दिएका छन्

काठमाडौँ, २२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका

काठमाडौँ, २२ मंसिर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले पर्याप्त ध्यान पुर्याउन