इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै ‘द हङकङ सिक्सेस’मा नेपालको विजयी शुरुवात

काठमाडौँ, १६ कार्तिक । इङ्ल्यान्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ ।

आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई छ विकेटले हराएको हो । इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्‍याे । नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिडायर्ड भए ।

यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले छ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि कप्तान रवि भोपारले सर्वाधिक ४९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई, नारायण जोशी, विबेक यादव र लोकेश बलले समान एक विकेट लिए । नेपालले प्रतियाेगिता पहिलाे पटक खेलेकाे हाे । प्रतियोगितामा नेपालले भोलि अस्ट्रेलियासँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्