स्पेनमा बाढीका कारण मर्नेको संख्या ९५ जना पुग्यो

म्याड्रिड, १५ कार्तिक । स्पेनमा आएको भीषण बाढीका कारण देशभर कम्तीमा ९५ जनाको ज्यान गएको छ । अन्य कैयौँ मानिस बेपत्ता भएको बताइएको छ । स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र आसपासका क्षेत्रमा मंगलबारदेखि परेको अविरल वर्षाका कारण अवस्था झनै नाजुक बनेको छ ।

यस वर्षाले धेरै पुल र भवनमा क्षति पुगेको छ । आफ्नो ज्यान जोगाउन मानिसहरू घरको छत वा रूखहरूमा चढ्नुपरेको दृश्य अनलाइन र सामाजिक सञ्जालमा देखिएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । धेरै मानिस बेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने सरकारको भनाइ छ ।

भ्यालेन्सियामा कम्तीमा ९२ जनाको मृत्यु पुष्टि भएको छ । भ्यालेन्सियाको पश्चिममा रहेको क्यास्टिला–ला मान्चामा दुई र मलागामा एक जना ७१ वर्षीय बेलायती पुरुषको मृत्यु भएको छ । स्पेनमा बाढीका कारण मृत्यु हुनेको यो संख्या सन् १९७३ यताकै उच्च हो । सन् १९७२ को बाढीमा त्यहाँ बाढीका कारण १५० जनाको मृत्यु भएको अनुमान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले चालु

काठमाडौँ, २७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २७ असोज । बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा

काठमाडौँ, २७ असोज । २०८३ साल असोज २७ गते मंगलबारको राशिफल ।   मेष : बोल्दा सचेत बन्नुपर्ने देखिन्छ। बन्धुसँगको सहकार्यले तपाईंको