अल्जेरियामा सवारी दुर्घटना हुदाँ ११ जनाको मृत्यु

एजेन्सी, १४ कार्तिक । दक्षिणी अल्जेरियाको ओउर्गला प्रान्तमा मंगलबार एक यातायात बस र सेमी ट्रेलर एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय गेन्डरमेरी विभागका अनुसार अल्जियर्सबाट करिब ८०० किलोमिटर दक्षिणमा रहेको ओअर्गला प्रान्तको हसी मेसाउद र एल बोर्मा नगरपालिका जोड्ने सडकमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा संलग्न बसले नजिकैको तेल क्षेत्र कम्पनीका कामदारहरू बोकेको थियो । यो क्षेत्र प्राकृतिक ग्यासको समृद्ध भण्डारको लागि परिचित छ । घटनामा एक जना घाइते भएको स्रोतले जनाएको छ ।

अल्जेरियामा ९० प्रतिशत भन्दा बढी ट्राफिक दुर्घटनाहरू मानव त्रुटिका कारणले गर्दा हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा

काठमाडौँ, १७ कार्तिक । लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौँको समग्र

काठमाडौँ, १७ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा

काठमाडौँ, १७ कार्तिक । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ