इजरायलद्वारा यूएनआरडब्लूए प्रतिबन्धित कानुन पारित

एजेन्सी, १३ कार्तिक । इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसंघीय राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए)लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानुन पारित गरेको सीएनएनले जनाएको छ ।

संसद्मा सोमबार यो विधेयकमा मतदान गरिएको थियो, विधेयकको पक्षमा ९२ र विपक्षमा १० मत परेको थियो । सीएनएनका अनुसार यो कानुनले औपचारिक रूपमा यूएनआरडब्लूएलाई गाजा र प्यालेस्टिनी नियन्त्रित पश्चिम किनारका केही भागमा काम नरोके पनि उक्त क्षेत्रमा एजेन्सीको क्षमतालाई सीमित गर्दछ । 

गत वर्ष अक्टोबरमा हमासले गरेको आक्रमणपछि सहयोगका क्रममा यूएनआरडब्लूएले इजरायलबाट निरन्तर आलोचनाको सामना गरिरहेको छ ।

सोमबार क्यानडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया र बेलायतका विदेश मन्त्रीहरूले गाजामा बढ्दै गएको मानवीय सङकटबारे चिन्ता व्यक्त गर्दै इजरायललाई प्रस्तावित कानुन रोक्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

“यूएनआरडब्लूएले गाजा, पूर्वी जेरुसेलम, पश्चिम किनार र क्षेत्रमा प्यालेस्टिनी शरणार्थीलाई आवश्यक जीवन रक्षक मानवीय सहायता र आधारभूत सेवाहरू प्रदान गर्दछ,”  विज्ञप्तिमा उल्लेख छ ।

पहिले नै गम्भीर र द्रुत रूपमा बिग्रिँदै गएको मानवीय अवस्था विशेषगरी उत्तरी गाजामा विनाशकारी नतिजाले असम्भव नभएको खण्डमा पश्चिम किनारलाई गम्भीर रूपमा अवरोध गर्ने विज्ञप्तिमा बताइएको छ । 

विधेयक पारित हुनुअघि नै राष्ट्रसंघले खाना, आश्रय र स्वास्थ्य सेवामा पूर्ण रोक लगाइएको गाजामा करिब ६ लाख बालबालिका जोखिममा पर्ने भविष्यवाणी गरेको थियो ।

प्रतिबन्धले इजरायलले कब्जा गरेको क्षेत्रमा यूएनआरडब्लूएको अपरेसनमा बाधा पुर्‍याउने अनुमान गरिएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर