‘शाम्बाला’ले टर्कीमा जित्यो उत्कृष्ट फिल्मको अवार्ड

काठमाडौँ, ११ कार्तिक । मीनबहादुर भाम निर्देशित नेपाली फिल्म ‘शाम्बाला’ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उपलब्धि हासिल गर्ने क्रम जारी छ । भारतको मुम्बई फिल्म फेस्टिभलमा यसले स्पेसल मेन्सन अवार्ड जितेको छ ।

थिन्ले ल्हामो, सोनम तोप्देन, कार्मको शीर्ष भूमिका रहेको फिल्मले टर्कीको प्रसिद्ध अन्तर्राष्ट्रिय बोस्फोरस फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको छ ।

फिल्मले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड, मीनबहादुर भामले उत्कृष्ट निर्देशक र ल्हामोले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अवार्डसँगै विजेताले नगद पुरस्कार पनि प्राप्त गरे । उत्कृष्ट फिल्मले १ लाख टर्किस लिरा, उत्कृष्ट निर्देशकले ५० हजार टीएल, उत्कृष्ट अभिनेत्रीले ३० हजार टीएल, उत्कृष्ट अभिनेताले ३० हजार टीएल र स्पेसल जुरी प्राइजको विजेताले ३० हजार टीएल नगद पनि प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने