लिग-२ शृंखलामा आज अमेरिका र नेपाल भिड्दै

काठमाडौँ, ११ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा आज नेपालले घरेलु टिम अमेरिकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।

अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि नेपालले मंगलबार स्कटल्यान्डसँग खेल्ने तालिका छ ।

लिगमा खराब लयबाट गुज्रिरहेको नेपाल तालिकाको आठ टिममध्ये सातौँ स्थानमा छ । नेपालले लिगमा आठ खेल खेल्दा एक खेलमा मात्र जित निकाल्दै तीन अंक जोडेको छ ।

घरेलु टिम अमेरिका भने तालिकाको दोस्रो स्थानमा छ । अमेरिकाले नौ खेल खेल्दा ६ जित र तीन हारसहित १२ अंक जोडेको छ । यसअघि शृंखलाको पहिलो खेलमा अमेरिकाले स्कटल्यान्डविरुद्ध १० विकेटले पराजित भएको थियो । शृंखलामा नेपालको भने यो पहिलो खेल हो ।

अमेरिका र नेपालबीच लिग–२ अघि तीन खेलको ट्वान्टी–२० शृंखला भएको थियो । उक्त शृंखला नेपालले ‘ह्वाइट वास’ गरेको थियो । आज नेपाल सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्