काभ्रे–भक्तपुर ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता: काठमाडौँ वर्ल्ड स्कुल विजयी

भक्तपुर, १० कार्तिक । जिल्लाकै सर्वाधिक राशीको भक्तपुर–काभ्रे जिल्ला स्तरीय हाफकोर्ट बास्केटवल प्रतियोगिता सम्पन्न भएको छ ।

विकास विकास संरक्षण तथा प्रवद्र्धन समितिको आयोजनामा आज सूर्यविनायक नगरपालिका वडा नं. ७ मा भएको प्रतियोगितामा काठमाडौँ वल्र्ड स्कुल विजयी भएको छ । काभ्रे र भक्तपुरका गरी जम्मा १८ टीमले सहभागिता जनाएको प्रतियोगितामा आयोजक टीम उपविजेता बनेको छ । ११–१० को अन्तरले काठमाडौँ वल्र्ड स्कुल विजेता बनेको हो । विजेताले ५० हजार तथा उपविजेताले २० हजार नगदको साथमा शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता सम्पन्न भएसँगै प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा तथा विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख इश्वर बहादुर थापाले विजेतालाई नगद, शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

‘स्वस्थ युवा, स्वस्थ समाज’ निर्माण गर्ने महत्वपूर्ण अभियानका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ । ‘सवल राष्ट्र निर्माणको लागि स्वस्थ युवा, स्वस्थ युवाको लागि खेलकुद’ भन्ने मान्यतालाई आत्मसात् गर्दै मन्त्री थापाले ‘स्वास्थ्यका लागि खेलकुदमात्र नभई अब राष्ट्रका लागि खेलकुद’ हुनुपर्नेमा जोड दिनुभयो । खेलकुदलाई उत्पादन, रोजगारसँगै आर्थिक समृद्धिको आधारसँग जोड्ने अभियान चलाउनुपर्ने उल्लेख गर्दै मन्त्री थापाले खेलकुद स्वास्थ्यको ‘जीवन र जगत’ तथा ‘सामाजिक एकता र सद्भाव’को लागि भएको धारणा राख्नुभयो ।

खेलकुद परिभाषाको लागि नभई परिवर्तन र मानिसको जीवन पद्धतिको रुपमा रहेको उल्लेख गर्दै मन्त्री थापाले खेलकुदकै माध्यमबाट विकास र समृद्धिको अभियानलाई तिव्र गतिमा लैजान सकिने धारणा राख्नुभयो । खेलकुद मानिसको स्वास्थ्यको दृष्टिकोणले समेत उत्तम रहेको उल्लेख गर्दै उहाँले खेलकुदको माध्यमबाट आर्थिक तथा सामाजिक परिवर्तन गर्न सकिने बताउनुभयो । सूर्यविनायक क्षेत्रमा विगतमा एमालेको नेतृत्वमा ऐतिहासिक विकास र समृद्धिका कार्यहरु भएको स्मरण गर्दै उहाँले संघीय सांसद एमालेले विजय हासिल गर्न नसक्दा अपेक्षाकृति रुपमा विकासका कामहरु नभएको बताउनुभयो । संघ एमाले हारे पनि एमालेका विकासका योजनाहरु पुरा गरेरै छाड्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । भक्तपुरका विकास र समृद्धिको धरोहरको रुपमा रहनुभएका पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा ल्याउनुभएको विकासका लहरले भक्तपुरको मुहार फेरिएको स्मरण गर्नुभयो । महेश बस्नेतले थाल्नुभएका आयोजनाहरु सम्पन्न गराएरै छाड्ने उद्घोषसमेत उहाँले गर्नुभयो ।

उमेश बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा समन्वय प्रमुख थापाले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभयो । नेपालीहरुको महान् चाड दिपावली, छठ, नेपाल संम्वत् लगायतका पर्वको शुभकामना आदानप्रदान तथा बास्केटवल प्रतियोगिता आयोजना गरिएको समितिका संयोजक दिनेश थापाले जानकारी दिनुभयो । खेलकुद अब ‘परिभाषाको लागिमात्र हैन, परिवर्तन र व्यवहार’को लागि हुनुपर्ने उल्लेख गर्दै उहाँले खेलकुदलाई आर्थिक समृद्धिको मेरुदण्डको रुपमा लिनुपर्ने बताउनुभयो । राजनीतिभन्दा माथि उठेर खेलकुदकै माध्यमबाट विश्वमा पहिचान स्थापित गर्न सम्भव छ भन्ने बुझाईका साथ हाम्रो अभियान अगाडी बढिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । रसुवा बाढीले सिर्जना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै दिव्य देव लिड कलाकार रहेको ‘बा: एक योद्धा’ को

काठमाडौँ, १४ भदौ । प्रदर्शनरत फिल्म ‘पार्वती’ले शुक्रबार पहिलो दिनको कमाइलाई प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरिसकेको छ

काठमाडौँ, ११ भदौ । गायिका रचना रिमालले अहिलेलाई अस्ट्रेलियामा आयोजना हुने तीज कार्यक्रम स्थगित गरेकी छन् । नेपालमा आएको प्रकृति प्रकोपको

काठमाडाैँ, ११ भदाै । जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले