दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालमाथि आक्रमण

नयाँदिल्ली, १० कार्तिक । पदयात्रामा रहेका दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ ।

उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आक्रोस पोखेकी छन् । उनका अनुसार पूर्व मुख्यमन्त्री केजरीवाल शुक्रबार विकासपुरीमा पदयात्रामा थिए । 

मुख्यमन्त्री आतिषीले भनेकी छन्, ‘पहिले उनीहरूले अरविन्द केजरीवालविरुद्ध नक्कली मुद्दा दायर गरे, उनलाई गिरफ्तार गरे, उनको इन्सुलिन रोकेर उनको हत्या गर्ने षड्यन्त्र गरे । जब अदालतले उनलाई रिहा गर्‍यो । अब भाजपाले आफ्ना गुण्डाहरूलाई प्रयोग गरेर आक्रमण गरिरहेको छ ।’ 

उनले भाजपाले केजरीवालमाथि गरेको आक्रमणको बदलाले जनताले चुनावी परिणाममार्फत् लिने बताएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

भक्तपुर, २६ असोज । तौलाछें-९, भक्तपुरमा स्थित योगदान बचत तथा ऋण सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभा भव्यताका साथ

काठमाडौँ, २६ असोज । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज