पाकिस्तानमा भीषण गोलीबारी हुँदा १९ आतंककारी मारिए

एजेन्सी, ९ कार्तिक । पाकिस्तानका विभिन्न जिल्लाहरूमा भीषण गोलीबारी चलिरहेको छ । बिहीबार तीन छुट्टाछुट्टै भीडन्तमा परी १९ जना आतंककारी मारिएका छन् ।

पाकिस्तानी सुरक्षा बलहरूले दोहोरो भीडन्तका क्रममा १९ जना आतंककारी मारिएको जनाएका छन् । 

सेनाले खैबर पख्तुनख्वा प्रान्तको बाजुरमा आक्रमण गर्दा एकै ठाउँमा ९ जना मारिएका छन् । त्यहाँबाट सेनाले हतियार र गोलाबारुद समेत बरामद गरेको जनाएको छ ।

उक्त क्षेत्र आतकंकारीहरूले आधारक्षेत्रकोरुपमा उपयोग गर्दै आएको ठाउँ हो । त्यस्तै, अर्को जिल्ला डेरा इस्माइल खानमा पनि गोलीबारी चलिरहेको छ । अफगानिस्तानसँग सीमा जोडिएको यो क्षेत्र पाकिस्तानी तालिवानको पूर्व गढ हो। उता पूर्वी पञ्जाब प्रान्तको मियानवाली जिल्लामा अरू १० आतङ्ककारी मारिएका छन् । 

छिमेकी अफगानिस्तानले तालिबानले सत्ता कब्जा गरेपछि पाकिस्तानी तालिबानीहरूमा जोस छ । जसकारण यहाँ पटक-पटक तालिबानीहरूले पनि आक्रमण गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर