ट्रम्पलाई थुनेर राख्नुपर्छ : बाइडेन

एजेन्सी, ७ कार्तिक । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प उठेका छन् ।

चुनावको दिन नजिकिँदै गर्दा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबिच घम्साघम्सी चलिरहेको छ । यस्तैमा वर्तमान राष्ट्रपति जो बाइडेनले मंगलबार ट्रम्प प्रजातन्त्रका लागि खतरा भएको भन्दै ‘राजनीतिक रूपमा’ उनलाई थुनेर राख्नुपर्ने बताएका छन् ।

न्यु ह्याम्प्सायरको कनकर्डस्थित पार्टीको चुनावी अभियान कार्यालयमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘हामीले उनलाई थुनेर राख्नै पर्छ,’ बाइडेनले भने ‘उनलाई राजनीतिक रूपमा थुनेर राख्नु पर्छ । हो हामीले यस्तै गर्नु पर्छ ।’ ट्रम्प अमेरिकी संविधानको सुरक्षालाई बेवास्ता गरेको उनको भनाई थियो । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराए भने अमेरिकामा प्रजातन्त्र नै धरापमा पर्ने पनि उनले बताए ।

सन् २०१६ को चुनावी र्‍यालीहरूमा ट्रम्पले बारम्बार आफ्नो प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई थुनेर राख्नु पर्छ भनेर भनेका थिए । पोर्न स्टारलाई चुप लगाउन पैसा दिएको मामिलामा ३४ वटा अभियोगमा ट्रम्प दोषी भेटिएका थिए । यस पटकको चुनावी र्‍यालीमा ह्यारिसका समर्थकहरूले पनि ट्रम्पलाई थुनेर राख्नु पर्छ भनेर बारम्बार भनेको सुनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर