शास्त्र र कर

शास्त्रले उल्लेख गरेनन्,
की भक्ति आफैंमा पनि
डर र कर दुइटै लुकेको हुन्छ।
भगवान प्रति को डर
र भोग र भाग लगाउने कर।
सरासर हेर्दा
यी आधुनिक कर प्रणाली भन्दा फरक छैन।
भात पकाउ
अनि थोरै चढाऊ,
केही मिठो खानु भन्दा पहिले
थोरै भगवानलाई भाग लगाऊ,
भात चढाएर खाने बेलामा
अप्सानी हाल
अनि खाउ।
ब्राह्मण वर्गले सर्वाधिक कर तिर्ने गरेको देखिन्छ
त्यसैले शास्त्रले ब्राह्मणलाई
विशेष ठाउँ दियो।
कृष्णले इन्द्रलाई कर नतिर्नू भनेर
क्रान्ति गरे
इन्द्रले देखि झार्न सकेनन
गोवर्धन पर्वतले गर्दा,
नयाँ कर प्रणाली देखियो।
त्यसैले सबै भक्तजनलाई
कर तिरि विकास गर्न
यस विश्लेषक अनुरोध गर्दछ ।

     अर्जुन दाहाल, झापा 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ अमाहा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा एकथान कटुवा पेस्तोल र एक थान गोली बरामद

काठमाडौँ, १ कार्तिक । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने

काठमाडौँ, १ कार्तिक । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी

काठमाडौँ, १ कार्तिक । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा