एजेन्सी, ७ कार्तिक । हिजबुल्लाहले मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरलाई लक्षित गरी गत हप्ता गरिएको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। साथै उसले इजरायली सेनाले आफ्ना केही लडाकूलाई पक्राउ गरेको स्वीकार गरेको छ ।
बेरुतको दक्षिणी उपनगरमा इजरायलले खाली गर्ने चेतावनी दिएको केही समयअघि हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफले उक्त स्थानमा आयोजित पत्रकार सम्मेलनमा यी कुराहरू बताए ।
एएफपीका एक भिडियो पत्रकारका अनुसार पत्रकारहरूले छोडेको केही मिनेटपछि सम्मेलन स्थलबाट सयौँ मिटर टाढाको लक्ष्यमा इजरायली आक्रमण भयो ।
‘हिजबुल्ला नेतान्याहूलाई लक्षित गरी गरिएको कैसरिया अभियानको पूर्ण, सम्पूर्ण र एकल जिम्मेवारी घोषणा गर्दछ,’ अफिफले भने ।






