हङकङ सिक्सेसका लागि जोराको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ, ६ कार्तिक । हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा जोरासँगै राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम, विवेक यादव, प्रतिश जिसी र राशिद खान छन् । यस्तै नारायण जोशी र दीपेन्द्र रावत पनि टिममा छन् ।

जोरा ब्याटर हुन् भने लोकेश बम विकेट किपर ब्याटर हुन् । विवेक, प्रतिश, रासिद र नारायण अलराउण्डर हुन् । दीपेन्द्र स्पीनर हुन् ।

यस्तै नेपाली टोलीको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहने क्यानले जनाएको छ । हङकङ क्रिकेट सिक्सेसमा नेपाल अष्ट्रेलिया र इंग्ल्याण्डसँगै समूह बी मा छ । नेपालले पहिलो खेल नोभेम्बर १ मा इंगल्याण्ड तथा दोस्रो खेल नोभेम्बर २ मा अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन