भक्तपुरकै ठूलो राशीको ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता हुँदै

भक्तपुर, ६ कार्तिक । आगामी कार्तिक १० गते भक्तपुर जिल्लाकै ठूलो राशीको ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता हुने भएको छ । दशैं अगाडी नै गर्ने भनिएता पनि बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तीका कारण देशनै शोकमा परेकाले उक्त कार्यक्रम स्थगित गरिएको थियो ।

प्रतियोगितामा भक्तपुर र काभ्रे जिल्लाका प्रतियोगिहरुले सहभागिता जनाउन पाउने आयोजक विकास संरक्षण तथा प्रवद्र्धन समिति गुण्डूले जानकारी दिएको छ । प्रतियोगिताको विजेतालाई ५० हजार, उपविजेतालाई २० हजार र उत्कृष्ट खेलाडीलाई पाँच हजार पुरस्कार रहेको समितिका संयोजक दिनेश थापाले जानकारी दिनुभयो । शनिबार विहान ७ बजे हुने प्रतियोगिता शुरु हुने उहाँले बताउनुभयो ।

खेलमैदान उद्घाटन हुने

नेपालीहरुको महान् पर्व दिपावली, नेपाल सम्वत्, छठलगायतका पर्वहरुको शुभकामना आदानप्रदानसहित नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र बाशुदेव थापाले संयुक्त रुपमा पार्किङ सहितको सुविधा सम्पन्न उक्त प्रतियोगिता हुने खेलमैदान उद्घाटन गरिने भएको छ । समापन कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा तथा विशेष अतिथि जिल्ला समन्वय प्रमुख इश्वर बहादुर थापा रहनुहुने संयोजक थापाले बताउनुभयो । त्यस्तै कार्यक्रमको प्रत्यक्ष प्रशारण नमस्ने ख्वप टेलिभिजनले गर्ने भएको छ ।

हाल एमाले भक्तपुरको इन्चार्ज समेत रहनुभएका नेता बस्नेत भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको सांसद भएको समयमा ‘सांसद विकास कोष र नगरपालिकाको सहकार्य’मा रु ४० लाखको लागतमा निर्माण गरिएको सुन्दर तथा मनोरम प्राकृतिक वातावरणसहितको उक्त बास्केटवल खेलमैदान हाल व्यवस्थापकीय कार्य सम्पन्न गरी उद्घाटन गर्न लागिएको हो । उक्त स्थानमा नेता बस्नेतको ड्रिम प्रोजेक्टको रुपमा फुटशल मैदान, पार्क, पर्यटन प्रवद्र्धनात्मक कार्य तथा अन्य विभिन्न कार्यहरु समेत निर्माण सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन