मध्यपश्चिमसहित १३ विश्वविद्यालयद्वारा संयुक्त घोषणापत्रमा हस्ताक्षर

काठमाडौँ, ६ कार्तिक । मध्यपश्चिम विश्वविद्यालयसहित दक्षिण एसियाका १३ विश्वविद्यालयले संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन् ।

चीनमा आयोजित ‘हुबेई (चीन) र दक्षिण एसियाका विश्वविद्यालय अध्यक्षहरूको फोरम’ मा सहभागी भई संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका हुन् ।

घोषणा पत्रले शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा सहयोगलाई जोड दिएको छ । घोषणाले साझेदारीहरुलाई फराकिलो बनाउने, प्रतिभा विकासलाई बढावा दिने र डिजिटल शिक्षालाई एकीकृत गर्ने लगायत उल्लेख गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा. ध्रुव कुमार गौतमले उच्च शिक्षा साझेदारी बढाउने उद्देश्यले सहयोगी पहलहरूबारे छलफल गर्न उक्त घोषणा पत्रमा हस्ताक्षर गरेको मप विश्वविद्यालयले जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा गौतम लगायत हुबेई विश्वविद्यालय, चाइना थ्री गर्जेज विश्वविद्यालय, वुहान विज्ञान तथा प्रविधि विश्वविद्यालय, नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरूले घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।

यो हस्ताक्षरले दक्षिण एसिया र चीनबीच बलियो शैक्षिक र सांस्कृतिक सम्बन्ध निर्माण गर्ने तथा प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई समर क्याम्प, संयुक्त अनुसन्धान लगायतका विभिन्न गतिविधिहरूमा भाग लिई समग्र शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वास लिइएको छ । साथै यसले बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत आपसी सहयोगको महत्वलाई समेत समावेश गरेको छ भने सहभागी विश्वविद्यालयबीच उच्चस्तरीय अनुसन्धानलाई बढावा दिँदै साझेदारीलाई प्रोत्साहित गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर