माल्दिभ्सकाे पाेस्टमा नेपालकाे ११ गाेल

काठमाडौँ, ६ कार्तिक । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो । नेपालको जीतमा रेखा पौडेलले ५, प्रीति राईले ह्याट्रिक तथा सबिता राना मगर, अमिशा कार्की र अनिता केसीले १/१ गोल गरे ।

यो जीतसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । नेपालले २ खेलमा ४ अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै भुटान ४ अङ्कसहित दोस्रो, श्रीलङ्का ३ अङ्कसहित तेस्रो र माल्दिभ्स अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

साफ महिला च्याम्पियनशिपमा हिजै भएको पहिलो खेलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन