न्यूयोर्क, ६ कार्तिक । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय सङ्टबारे चेतावनी दिँदै द्वन्द्वको तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।
गैर–लडाकुहरूको रक्षा गर्न, प्यालेस्टिनीहरूको थप विस्थापन रोक्न र बन्दीहरूको तत्काल सुरक्षित रिहाई गर्न आवश्यक रहेको वेन्नेसल्यान्डले बताए। प्रभावित क्षेत्रमा मानवीय सहायता निर्बाध रूपमा प्रदान गरिनु पर्ने बताउँदै वेन्नेसल्यान्डले जीवन बचाउ सहयोगलाई खाँचोमा परेकाहरूसम्म पुग्न अनुमति दिन आग्रह गरे ।
वेन्नेसल्यान्डले उत्तरी गाजाको अवस्थालाई इजरायली हवाई आक्रमण र बिग्रँदै गएको मानवीय अवस्थाले चिह्नित गरेको विडम्बनाको रूपमा वर्णन गर्दै बेत लाहियामा भएको विनाशबारे बताए ।
बेत लाहियामा रातभरिमा कम्तिमा ८७ प्यालेस्टिनी मारिएको बताइएको छ भने विनासकारी आक्रमणका कारण धेरै जना भग्नावशेषमुनि पुरिएको अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा मानवीय सहायता निर्बाध रूपमा प्रदान गरिनु पर्ने बताउँदै वेन्नेसल्यान्डले जीवन बचाउ सहयोगलाई खाँचोमा परेकाहरूसम्म पुग्न अनुमति दिन आग्रह गरे । वेन्नेसल्यान्डले उत्तरी गाजाको अवस्थालाई इजरायली हवाई आक्रमण र बिग्रँदै गएको मानवीय अवस्थाले चिह्नित गरेको विडम्बनाको रूपमा वर्णन गर्दै बेत लाहियामा भएको विनाशबारे बताए ।







