टिकटकको मालिकले निकाले इन्टर्न

काठमाडौँ, ५ कार्तिक । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको मालिक कम्पनी बाइटडान्सले आफ्नो एक इन्टर्नलाई कामबाट निकालेको छ ।

कम्पनीको एउटा कृत्रिम बौद्धिकता (एआई) मोडलको तालिममा बदनीयतपूर्ण तरिकाले हस्तक्षेप गरेको थाहा भएपछि कम्पनीले ती इन्टर्नलाई निकालेको बताइएको छ । नाम नखुलाइएका इन्टर्नको सो कदमले कम्पनीले निके ठूलो क्षति भएको अनुमान भइरहेको छ ।

तर कम्पनीले भने यस्ता दाबीको खण्डन गरेको छ । ती दाबी बढाई चढाई र असत्य भएको कम्पनीको भनाइ छ । सप्ताहन्तमा सामाजिक सञ्जालमा यो खबर भाइरल बनेपछि कम्पनीले यस्तो दाबी गरेको हो । बाइटडान्सको दोउबाओ ओपनएआईको च्याटजीपीटी जस्तै जेनरेटिभ एआई मोडल हो । यो त्यहाँको लोकप्रिय एआई च्याटबोट हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर